विश्वकपमा स्विडेनलाई हराउँदै २८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा

<span class='c1'>विश्वकपमा  स्विडेनलाई हराउँदै</span> <span class='c2'>२८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा</span>

स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो ।

इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ संंस्करणको विजेता बनेको इंग्ल्याण्ड सन् १९९० मा तेस्रो भएको थियो ।

फाइनल प्रवेशका लागि इंग्ल्याण्डले आयोजक रुस र क्रोएसियाबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रुसको सामारा एरिनामा ३०औं मिनेटमा इंग्ल्याण्डले अग्रता लिएको थियो । एस्ले योंगले गरेको कर्नर प्रहारलाई इंग्लिस गोलरक्षक ह्यारी मग्वायरले हेडमार्फत गोल गरेका थिए । उनले इंग्लिस टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा पनि गोल थप्यो । यसपटक पनि हेड गोल नै सम्भव भएको थियो । जेसे लिंगार्डको पासमा डेले अलीले पेनाल्टी एरिनाबाट हेड गोल गरेका थिए । अलीको पनि विश्वकपमा पहिलो गोल हो ।

स्विडेनको यसअघिका खेलमा जस्तो एकीकृत टिम गेमलाई इंग्ल्याण्डले ध्वस्त पारिदिएको थियो । पहिलो हाफमा उसले एउटै पनि राम्रो आक्रमण बुन्न सकेन । दोस्रो हाफमा गरेका केही प्रहार इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए ।

बलियो भनिएको स्विडेनको रक्षापंक्ति पनि यस खेलमा सशक्त बन्न सकेन । स्वीडेनले दुवै गोल रक्षापंक्तिको कमजोरीका कारण खाएको थियो । हारसँगै २४ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानमा रहेको स्विडेन क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्