विश्वकपको क्वार्टरफाइनल सकियो, सेमिफाइनल खेल मंगलबारदेखि

विश्वकपको क्वार्टरफाइनल सकियो, सेमिफाइनल खेल मंगलबारदेखि

काठमाडौँ, २४ असार । अन्तिम क्वार्टरफाइनलमा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् ।यी दुईबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए । फ्रान्स सन् १९९८ को च्यामिपयन हो भने बेल्जियम पहिलो उपाधिको खोजीमा छ ।बुधबार दोस्रो सेमिफइनल हुनेछ । जहाँ पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजेदेखि रुसको मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आईतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । जुन मस्कोको लुज्निकी रंगशालामा हुनेछ ।

क्वार्टरफाइनल चरणको खेलपछि यस विश्वकपको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ । क्वार्टरफाइनलमा ६ युरोप र २ दक्षिण अमेरिकी टोली पुगेकोमा उरुग्वेले फ्रान्स र ब्राजिलले बेल्जियमसँग हार ब्यहोरेपछि विश्वकपमा युरोपका टोली मात्र बाँकी रहेका हुन् ।२० संस्करणको विश्वकप सकिँदा दक्षिण अमेरिकी टोलीले ९ र युरोपेली टोलीले ११ पटक विश्वकप उपाधि जितेका छन् । युरोपमा अब १२औं विश्वकप उपाधि हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्