मोरङ, असार २४।
विराटनगरबाट प्रहरीले शुक्रबार लागुऔषधसहित दुइ युवकलाई पक्राउ गरेका छन।
पक्राउ पर्नेमा सुनसरी धरान उमनपा १५ बस्ने बर्ष ३२ को सनम तामाङ र सोही ठाउँ बस्ने बर्ष ३२ को अमित राई रहेका छन।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएका प्रहरीले उनीहरुलाई डाईजेल्याब ३० एम्पुल, नेरोजेसिक ३० एम्पुल तथा एभिल ३० एम्पुल सहित नियन्त्रणमा विराटनगर-१२ रोडशेष चौकबाट पक्राउ गरेका हुन।
दुबैलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भई रहेको छ।