जापानमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो

जापानमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो

काठमाडौं, असार २४ । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

जापानको पश्चिमी क्षेत्रको विभिन्न इलाकामा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण उनीहरुको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परेर अझै दर्जनौं व्यक्ति हराइरहेका छन् ।

वर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका स्थानबाट १९ लाख व्यक्तिलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

उद्धारका लागि हजारौंको प्रहरी र अग्नी नियन्त्रक खटिएका छन् ।

टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा रहेको मोतोयामा नगर बाढी र पहिरोको चपेटामा परेको हो ।

सो क्षेत्रमा अझै भारी बर्षा भइरहेको छ । बाढीले सयौं घर भत्काएको छ भने करोडौंको क्षति पुगेको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्