मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८ आयोजना हुदै

मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८ आयोजना हुदै

विराटनगर २४ असार । १६ देखि २७ वर्ष उमेर समूहका यूवा युवतीहरुमा लुकेर बसेका प्रतिभा प्रस्टफुटन गराइ देशव्यापी रुपमा परिचित गराउने उद्देश्यले मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८ सौन्दर्य प्रतियोगिता शुरु हुने भएको छ ।

बी क्वीन इभेन्ट प्रा.लिले यूवा युवतीमा भएका प्रतिभा, क्षमता उजागर होस् भन्ने हेतुले “मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८” सौन्दर्य प्रतियोगिता शुरु हुने भएको हो ।

आयोजना हुने उक्त प्रतियोगितामा पूर्वाञ्चल जिल्लामा छनौट प्रक्रियाबाट १५–१५ जना केटाकेटीहरु गरी ३० जनालाई प्रतिस्प्रधामा उतारिने बी क्वीन इभेन्ट प्रालिका मेनेजिङ डाईरेक्टर विकास सिलवालले जानकारी दिए ।
प्रतियोगिताको छनौट राउण्ड साउन १० गते इटहरीबाट शुरु हुने आयोजकले जनाएको छ । यस्तै बिराटनगरमा साउन १२ , पथरी साउन १४ , झापामा  साउन १५ आयोजना हुने भएको छ  ।

पूर्वाञ्चलका विभिन्न जिल्लाहरुबाट छनौट भएका प्रतियोगीहरुलाई इटहरीमा प्रशिक्षण गराइ साउनको तेस्रो सातामा फिनाले गराउने बी क्वीन इभेन्टका सीइओ बिकास सिलवालले जानकारी दिएका छन् । फारमको लागी विराटनगरको लागी आवर विराटनगरको कार्यालय र टेन्स एलभेन रेष्टुरेष्टमा पनि उपलब्ध गराईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्