विराटनगरमा ‘सेप भारतीय शैक्षिक मेला’ ,विद्यार्थीलाई लक्कि ड्र मार्फत् ल्यापटप

विराटनगरमा ‘सेप भारतीय शैक्षिक मेला’ ,विद्यार्थीलाई लक्कि ड्र मार्फत् ल्यापटप

विराटनगर, २४ असार । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ सुरु हुने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी पुरा भएकोले जानकारी दिईएको छ।
प्रत्येक वर्ष प्रा.लि.को आयोजनामा भारत तथा भारत बाहिर र नेपालमा गरि १९ वटा स्थानमा शैक्षिक मेला हुँदै आएकोमा बिराटनगरमा पनि मेलाको आयोजना गरिएको प्रा.लि.का निर्देशक सञ्जय थापाले जानकारी दिए ।
‘काठमाण्डौपछि विराटनगरमा भारतीय शैक्षिक मेला हुन लागेको हो,’ थापाले भने, ‘मेलामा भारतका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागीता रहनेछ ।’ मेलामा भारतमा नाम चलेका कलेजहरूका कोर्षको बारेमा जानकारी गराईने छ ।
भारतको कलकता, पञ्जाव, तमिलनाडु, बैङ्ग्लोर लगायतका भारतको विभिन्न प्रान्तमा रहेका नाम चलेका युनिर्भसल कलेजको सहभागिता रहने उनले जानकारी दिए । दुई दिने मेलामा एक हजारसम्म विद्यार्थीहरुले प्रत्यक्ष अवलोन गर्ने आयोजकको अपेक्षा छ । आयोजकले सम्पूर्ण कलेजका बारेमा जानकारी दिनको लागि लक्की ड्र मार्फत् मोवाइल फोन, ल्यापटप, ट्याब पनि प्रदान गरिने जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्