थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप ८ जनाको उद्धार

थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप ८ जनाको उद्धार

काठमाडौं, असार २६ । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ ।

उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार चार जनालाई उद्धार गरिएको थियो ।

योसँगै अब गुफाभित्र ५ जना मात्र रहेका छन् । गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२ बालक र तिनका फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन आइतबारबाट चुनौतीपूर्ण र जटिल उद्धार अभियान थालिएको थियो ।

दुई दिनमा गरेर आठ जनाको उद्धार गरिसकेको थाइल्यान्डको जलसेनाले पुष्टि गरेको छ । गुफाभित्र चार बालक र फुटबल प्रशिक्षक मात्र बाँकी छन् ।

आइतबार उद्दार गरिएकाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । तर पछिल्लो पटक उद्धार गरिएकाहरुलाई भने सामान्य चिसो लागेको अधिकारीहरुले जनाएका छन् ।

उद्धार गरिएकाहरुलाई हेलिकोप्टरमार्फत् चियाङराई सहरस्थित अस्पतालमा भर्ना गरिएको छ । अधिकारीहरुले उद्धार गरिएकाहरुको परिचय गोप्य राखेका छन् ।

उद्धार गरिएका विद्यार्थीसँग उनीहरुका परिवारका सदस्यलाई समेत भेट गर्न दिइएको छैन । उद्धार टोलीमा थाइल्यान्डका ४० जनासहित विभिन्न देशका ९० जना सहभागी छन् ।

अब गुफाभित्र बाँकी चार बालकसहित पाँच जनाको पनि उद्धार गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्