विश्वकपमा फ्रान्स फेरि एकपटक उपाधि नजिक, बेल्जियम १-० ले पराजित

विश्वकपमा फ्रान्स फेरि एकपटक उपाधि नजिक, बेल्जियम १-० ले पराजित

काठमाडौं,२७ असार । सन् १९९८ को विश्वविजेता फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ ।  मंगलबार मध्यराती सम्पन्न सेमिफाइनल खेलमा  चिरपरिचित प्रतिद्धन्द्धी बेल्जियमलाई १–०ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । २० वर्षअघि फ्रान्स ब्राजिललाई ३–० गोल अन्तरले हराउँदै विश्व च्याम्पियन बनेको थियो । त्यसपछि सन् २००६ मा पनि फ्रान्स फाइनलमा पुगेको भएपनि इटालीसँग पराजित बन्न पुगेको थियो । सेन्ट पिटर्सबर्गस्थित क्रेस्टोभस्काई रंगशालामा भएको निकै रोमाञ्चक खेलको ५१ औं मिनेटमा फा्रन्सका सामुएल उमतितिले हानेको गोल नै निर्णायक बन्यो । उनले डिबक्सभित्रबाट हानेको हेडले जाली चुम्न पुग्यो ।
यसअघि खेलको पहिलो हाफ दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्