सन्ध्याकालिन कानुन बिषयको पढाई अब बिराटनगर मै

सन्ध्याकालिन कानुन बिषयको पढाई अब बिराटनगर मै

विराटनगर, २७ असार ।
पूर्वाञ्चल विश्वविद्यालय कानुन संकाय डीन कार्यालय बिराटनगरले ३ बर्षे एल.एल.बि. कार्यक्रम शुरु गरेको छ । कानुन तथा कला संकाय डीन कार्यालय बिराटनगरले पुर्वाञ्चल विश्वबिद्यालय क्याम्पस अफ ल ले सस्तो, सुलभ तथा सुबिधा सम्पन्न आफ्नै भवनमा कानुन बिषय कार्यक्रम शुरु गरेको हो ।
बदलिदो परिस्थितिमा बिभिन्न स्थानीय तहमा कानुन अधिकृतको आबश्यकता भएको देखिएकाले बजारको माग अनुसार बिषयगत रुपान्तरण गरी कानुन बिषयमा पठन पाठन शुरु गराउन लागिएको जनाईएकोछ । अबको रोजगार बिषय कानुन(ल) हुने भएकोले बिराटनगरमा सरकारी स्तरबाट नै आंगिक कलेजका रुपमा जनता आदर्श बहुमुखि कलेजले सन्ध्याकालिन कलेजको शूरुवात गरेको पूर्वाञ्चल बिश्वबिद्यालय कानुन तथा कला संकाय कार्यालयका प्रमुख डीन डा. शम्भुप्रसाद कोइरालाले बताए ।
संघियता कार्यान्वय गर्नका लागि स्थानीय तह गाउँपालिका तथा नगरपालिकामा कानुन अधिकृत अनिबार्य रहने नेपाल सरकारको निति रहेकाले बिद्यार्थीहरुको माग अनुरुप नै यो बिषयको अध्यापन शुरु गरिएको डीन डा. कोइरालाले बताए। कुनै पनि बिषयमा स्नातक गरिसकेका बिद्यार्थीहरुले अध्ययन गर्न पाउने तथा काठमाडौ देखि बाहिर सन्ध्याकालिन कलेज एक मात्र बिराटनगरमा शुरुआत भएको हुनाले बिद्यार्थीहरुको चाप हुने क्याम्पसको विश्वबिद्यालयको दावी छ । अगामी श्रावण १ गते देखि फाराम खुल्ला गरी भदौको अन्तिम साताबाट अध्यापन शुरु गर्ने डीन डा. कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्