सञ्चार सहकारीको ७ बर्ष पुरा, संचार क्षेत्रमा क्रियाशिल तीन पत्रकार पुरस्कृत

सञ्चार सहकारीको ७ बर्ष पुरा, संचार क्षेत्रमा क्रियाशिल तीन पत्रकार पुरस्कृत

विराटनगर, २७ असार ।
पत्रकारहरुको पहलमा स्थापना भएको सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको सातौ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । साधारण सभाको अवसर पारेर बुधवार एक कार्यक्रमका बिच क्रियाशिल ३ जनालाई पुरस्कार प्रदान गरिउएको छ । मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कारबाट मकालु टेलिभिजनका पत्रकार अभय राई, मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट उर्लाबारीकी पत्रकार ज्योति चौहान र ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट इलामका पत्रकार भीम चापागाईंलाई पुरस्कार प्रदान गरिएको हो ।
चन्द्रलाल दुर्गादेवी दाहाल श्रमजीवि पत्रकारिता पुरस्कार २१ हजार राशीको रहेको छ भने मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारको राशी १० हजार रहेको छ । यस्तै आर्थिक पत्रकारिता पुरस्कारको राशी भने ३१ हजार छ ।
कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले तीनै जना पत्रकारलाई दोसल्ला ओडाएर सम्मानित गरे । मोरङका पत्रकारहरु संलग्न रहेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले प्रत्येक वर्ष तीन पुरस्कार वितरण गर्ने जनाएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकारलाई पुरस्कृत गर्दै पत्रकारिता पेशालाई व्यवसायीकता बनाउनु पर्ने बताएका छन् । मन्त्री घिमिरेले सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्दै प्राप्त पुरस्कारवाट पत्रकारीतामा गुणस्तरवृद्धि भै संचारकर्मीहरुलाई प्रोत्साहन एवम् हौसला प्राप्त हुने विश्वास व्यक्त गरे ।
सात वर्ष अगाडि २ लाख रकमवाट शुरु भएको सञ्चारकर्मी सहकारी सहकारी सस्थाले हाल १ करोड रकम वरावरको कारोवार गरेको संस्था सचिव महाप्रसाद खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्