विराटनगरका जनप्रतिनिधिको एक बर्ष : काम गरेजस्तो मात्र, नगरवासीमा महसुस भएन

विराटनगरका जनप्रतिनिधिको एक बर्ष : काम गरेजस्तो मात्र, नगरवासीमा महसुस भएन

विराटनगर, २८ असार ।
विराटनगर महानगरपालिकाले जन प्रतिनिधि पाएको एक बर्ष पुरा भएको छ । जन प्रतिनिधि आएपछि धेरै काम होला भनेर आशा गरेका नागरिकमा केही आशाका बिच बढी निराशा देखिएको छ । जनप्रतिनिधि नेतृत्वमा आएपछि आम नागरिकका असिमित चाहनाहरु एकाएक बढ्यो । तर जनताको सामान्य दैनिकीमा प्रभाव पार्ने काम समेत नभएका कारण सर्बसाधारणले जनप्रतिधि आएको महसुस गर्न नपाएको नमिता न्यौपाने बताउँछिन् । ‘जनताले महसुस गर्ने काम भएको छैन, तत्कालिन नेकपा माओवादीबाट उपमेयरको उम्मेदवार बनेकी उनले भनिन्, जनप्रतिनिधिले जनताको दैनिकीमा प्रभाव पार्ने सानो–सानो काम पनि गरेनन् ।’
योजनावद्ध रुपमा अघि नबढेको कारण जनप्रतिनिधिहरु आलोचिन हुन थालेको उनको भनाई छ । एक बर्षयता जनप्रतिनिधि नेतृत्वमा आएपछि देखिने गरि काम हुन नसक्नु नगरवासीको लागि सुखद नभएको नेकपा एमालेबाट मेयरका उम्मेदवार विनोद ढकालले बताए । विराटनगरको विकासको कुरा भएपनि देखिने गरी काम हुन सकेको छैन, उनले भने । जनप्रतिनिधि आएपनि जनताले हिजा जस्तो सास्ती ब्यहोर्नु परेको थियो त्यो क्रम अहिले पनि उस्तै रहेको उनको भनाई छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सिमित श्रोत र साधनका बिच महानगरले उल्लेख्य काम गरेको दाबी गर्छन् । निर्वाचनका बेला चुनावी नारा लगाउँदा नगरवासीले मेयर पराजुलीसँग ठुलै परिवर्तनको आशा राखेका थिए । तर जसरी कामले गती लिनु पर्ने थियो त्यो अनुसारको सुधारका काम हुन सकेन । तर जनप्रतिनिधिले नेतृत्व गरेको एक महिना नपुग्दै महानगर बाढीको चपेटामा पर्यो । अस्तब्यस्त बनेको विराटनगरलाई मुलधारमा ल्याउन निक्कै नै कसरत गर्नुपरेको मेयर पराजुली बताउँछन् । वाढी पछि चाडपर्ब, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण महानगरको काम सुस्त रह्यो ।
गर्न खोज्दा मेयर नसकेको काम
एकसय दिन भित्र महानगर क्षेत्रको डुवान र फोहोरमैलाको समस्यालाई हटाउन नाला सफाई कार्यलाई अभियानको रुपमा संचालन गर्ने तथा सडकमा भएका खाल्डा खुल्डी पुर्ने योजना सय दिनमा कार्यान्वयनमा आएन तर बिस्तारै कार्यान्वयन आएको थियो । ढकन विनाका नालीमा ढकन हाल्ने काम, नालामा फोहोर हाल्ने काम निरुत्साहन तथा सडकमा डस्टविन राख्ने कामको एक बर्ष पछि शूरुवात, ई चौतारी निर्माणको काम शुरु भएन । हाटखोला र परोपकारघाटमा बिद्युतीय शवदाहगृह निर्माणको काम शुरु हुन सकेन । एक बर्षको अबधिमा शैक्षिक बेरोजगार लक्षित कार्यक्रम आएन, विराटनगर जुट मिल्स संचालनको काम अघि बढ्न सकेन । रुख बिरुवा संरक्षणगर्ने ब्यक्ति वा समुहलाई प्रकृति संरक्षण सम्मान प्रदानको कामै अघि बढेन । सुबिधा सम्पन्न पशु बधशाला संचालनमा आउन सकेन । शुपथ मुल्यको पसल संचालनमा आएन, प्रत्यक वडामा एम्बुलेन्स सेवा संचालनमा आएन, तार रहित बिराटनगर निर्माणको काम अलपत्र परेको छ । एक सय दिनमा बिराटनगलाई धुलो रहित बनाउने योजना एक बर्षमा पनि पुरा भएन, आयल निगमनको भण्डारण क्षमता बढाउने कामको छलफल सम्म अघि बढेन, फ्री वाईफाई जोनको योजना एक बर्षमा नारामा मात्र सिमित बन्न पुगेको छ।
यी राम्रा काम भए
सरकारले उपलब्ध गराउने सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वडा तहबाट बितरण, मोतियाबिन्दु मुक्त बनाउने अभियानको थालनी गर्दै निशुल्क आँखा जाँच र मोतियाबिन्दुको सल्यक्रिया, एसियाली विकास बैंकको ऋण सहयोगमा संचालित परियोजनाले गती लिएको, विराटनगरलाई अस्थायी राजधानी बनाउने काममा सहकार्य गरेको, तारिणी प्रसाद कोईराला संचारग्राम, आरोहण गुरुकुल र बिराटनगर बसपार्कको निर्माणलाई तिब्रता दिईएको छ। त्यस्तै सहन सहरी विकास कार्यक्रम अन्तरगत सडक स्तरोन्नतीको काम अन्तिम चरणमा, सडक–बिजुली–पानी र ढलको निर्माणमा गती लिएको, अन्तराष्ट्रिय स्तरको सभागृह निर्माणको काम प्रक्रियामा अघि बढेको छ । बिरेन्द्र सभागृहको मर्मत तथा सँगै रहेको ईकोपार्क संचालनको तयारी, शैक्षिक संस्थाको सुधार अभियान, नमुना बिद्यालय बनाउने काम शुरु, विराटनगरको ए र बि प्लटमा भुमिगत पार्किङ सहित पार्क बनाउने कामको प्रक्रिया शुरु भएको बिराटनगर महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्