‘वुगीवुगी’ डान्समा विराटनगरका रविन एक मात्र प्रतिस्पर्धि, जुटमिल्स मजदुरदेखीको संघर्षपुर्ण यात्रा

‘वुगीवुगी’ डान्समा विराटनगरका रविन एक मात्र प्रतिस्पर्धि, जुटमिल्स मजदुरदेखीको संघर्षपुर्ण  यात्रा

प्रेम देवान,
विराटनगर, २८ असार ।
विराटनगरका एक मात्र प्रतिस्पर्धि रविन भुजेल अन्तराष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ को टप फाईभमा छन् । नेपाली टेलिभिजन च्यानल एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा टप फाईभको लागि कडा प्रतिस्पर्धा भईरहेको छ । ‘अब नाच्छ नेपाल’ भन्ने नाराका साथ एपी वान टेलिभिजनले सुरु गरेको प्रथम डान्स रियालिटी सो बुगीवुगीमा ५ जना विच कडा प्रतिस्पर्धा भईरहेको छ ।
हरेक बिहीबार र शुक्रबार राति ८ बजे प्रशारण हुने रियालीटी शो बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । उनीहरूमध्येबाट उत्कृष्ट १८ प्रतियोगी छानिएका थिए । उनीहरूबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्ड लगायत विभिन्न चरण पार गर्दै उत्कृष्ट पाँचमा परेका हुन।
जसमा १६ बर्षिया सृष्टि महर्जन स्वयम्भु काडमाडौँकी छिन् । प्रगति पुन पोखराकी हुन् , प्रतिष्ठा पौडेल भक्तपुर बालकोटकी १९ बर्षिया छिन् । त्यस्तै काभ्रेका २४ बर्षिया सरोज मोक्तान र कविता नेपाली सर्लाहीकी हुन् । त्यसैगरी एक नम्बर प्रदेशको अस्थाई राजधानी विराटनगर मिल्स एरीयाका एक मात्र प्रतिस्प्रधी रविन भुजेल यो दौडमा उत्कृष्ट पाँचौमा परेका हुन ।
जुटमिलका मजदुर
विराटनगर १६ मिल्स एरिया दक्षिण गेटका २९ वर्षिया रविन भुजेलले बाल्यकाल निक्कै नै कष्टकर रह्यो । सानैमा बुबाको निधन भएपछि एक मात्र छोरा उनी निक्कै कष्टबाट अघि बढेका हुन । उनी मावलीमा हजुरवुवा –हजुर आमा मामा माईजुसँग बसेका थिए ।
रविन बर्माटोलमा रहेको मिल्स माविमा कक्षा ८ अध्ययन गरे । परिवारीक अवस्था नाजुक र बुबाको मृत्युपछि रविनको जीवनमा थप पिडा थपियो । घरको सबै जिम्मेवारी उनको टाउकोमा थियो । घर नजिकै रहेको अरुण सिनेमा हलमा वरफ र आईसक्रिम बेच्ने कामपनि उनले गरे । नयाँ फिल्म पनि हेर्न पाईने यता पैसा पनि कमाउन पाईने भएकाले सिनेमा हलमा उनको दैनिकी बरफ बेचेरै बित्थ्यो । त्यति मात्र हैन उनले विराटनगर कै जुट मिलमा मजदुरको रुपमा समेत काम गरे ।
जुट मिलमा मजदुरी गरेको पैसाले उनको घरखर्च चल्थ्यो । सारुखानको फिल्म उनले कहिल्यै हेर्न छुटाउँदैनथे । उनी आफु सानै देखि नृत्य र अभिनय गर्न भनेपछि मरिहत्ते गर्थे । उनले रधुपती जुटमिलका डान्सर सुरज प्रधानसँग नृत्य सिक्ने अनी अरुलाई पनि सिकाउँथे । गाँउघरमा विभिन्न कार्यक्रमहरुमा नृत्य गर्न निक्कै अग्रसर देखिन्थे । रबिन छमछमी सिजन २ को उत्कृष्ट १२ सम्म पुगे । तर उनको यात्रा त्यहीँ टुङ्गियो र घर फर्के । उनले कहिलै हिम्मत हारेनन् रविन डान्स ईन्डियामा पनि सहभागी भए । अहिले बुगी बुगीको उत्कृष्ट पाँचौँमा पुग्न सफल भएका छन् ।
चोक चोकमा रविनको पोष्टर
सानैदेखि नृत्यप्रतिको लगाव राख्ने रविन यतिबेला सबैको भोटको आशामा छन् । विराटनगरमबाट एक मात्र  पाँचौमा पर्न सफल भएका रविनलाई जिताउन यति बेला विराटनगरबासी लागिपरेका छन् । उनलाई जिताउन दक्षिणगेट लगायत विराटनगरको विभिन्न स्थानमा पोष्टर टासी भोट गर्न रविनका परिवार तथा साथीभाई ईष्ट मित्र सबै दिनभरी हिँड्छन् ।
उनी भन्छन्, ‘मलाई जिताउनको लागि तपाईहरु कै सहयोगको खाँचो छ । लागी उनको भोटिङ भोट गर्नको लागि कोड नम्बर ०६ रहेको छ । उनलाई आफ्नो मोबाईलको म्यासेज बक्समा गएर ०६ टाईपगरी ३५२२५ मा पठाउन सकिनेछ ।’
दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा टप फाईभका प्रतिस्पर्धिका लागि बिहीबार साँझ आठ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि भोट गर्ने समय तोकिएको छ । बुगीबुगी डान्स रियालिटी सोको ग्रान्ड फिनाले साउन १२ गते काठमाडौं गर्ने आयोजकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्