विराटनगरका भौतिक संरचना अपाङ्गता मैत्री बनाउन माग

<span class='c1'>विराटनगरका भौतिक संरचना अपाङ्गता</span> <span class='c2'>मैत्री बनाउन माग</span>

विराटनगर, २८ असार । सामथ्र्य समाजले विराटनगर महानगरपालिका भित्रका सार्वजनिक भवन अपाङ्गता मैत्री हुनुपर्ने माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, वडा नम्बर ८का वडाध्यक्ष मीनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै सामथ्र्य समाजको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
विराटनगर भित्रका भौतिक संरचना तथा अन्य संरचना निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सामथ्र्य समाजले अब निर्माण हुने सार्वजनिक भवनहरु, सडक पेटीहरु तथा भाडामा दिने घरको नक्सा पास गर्दा अनिवार्य अपाङगता मैत्री हुनुपर्ने, योजना निर्माण, समीक्षा, अनुगमन स्थानीय तहका ऐन नीति नियम निर्माण जस्ता कार्य समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र विकासका लागि अधिकतम वजेट अपाङ्गता भएका व्यक्तिहरुकै अर्थपूर्ण सहभागितामा गर्नु पर्ने लगायतका १२ बुँदे माग राखिएको हो ।
ज्ञापन पत्र बुझ्दै महानगरपालिकाका प्रमुख पराजुलीले आगामी दिनमा बन्ने नयाँ भौतिक संरचना अपाङ्गता मैत्री हुने बताए । पुराना भवनमा सुधारको अवस्था नरहेकाले नयाँ संरचना अपाङ्गता मैत्री हुनेमा जोड दिए ।
उनले अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि महानगरपालिकाको योजना तथा सामाजिक शाखा भुईतल्लामा सार्ने समेत बताए । समाथ्र्य समाजले आजै जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमा पनि ज्ञापन पत्र बुझाएको सामथ्र्य समाजका कार्यकारी निर्देशक विमल वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्