विराटनगरमा एक हप्ते वडिविल्डिङ तालिम गरिने

विराटनगरमा एक हप्ते वडिविल्डिङ तालिम गरिने

विराटनगर, २८ असार । बडिविल्डीङ र फिटनेस क्लवहरु ब्यावस्थित ढंगले संचालन गर्न विराटनगरमा पहिलो पटक एक हप्ते तालिम संचालन गरिने भएको छ । मोरङ बडिविल्डङ एण्ड फिटनेस एसोसिएसनले विराटनगरमा पत्रकार सम्मेलन गर्दै बर्षौ देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्ष बनाउन साउन ५ लेखि ११ गते सम्म प्रदेश स्तरिय तालिम दिन लागेको जानकारी दिइएको छ ।
पछिल्लो समय फिट, स्वास्थ हुन फिटनेस धाउनेको सङख्या बढ्दै गएको कारण उपकरण, न्युट्रेसन, जस्ता कुरामा बढी ध्यान दिनुपर्ने भएकोले प्रशिक्षकहरुलाई तालिम दिन लागिएको एसोसिएसन मोरङका अध्यक्ष अमलेश कर्णले जानकारी दिए ।
प्रशिक्षणका लागि काठमाण्डौ र विदेशबाट पनि प्रशिक्षक ल्याउने बताइएको छ । मोरङमा १७ सहित प्रदेश १ मा ३५ बटा बडिविल्डीङ र फिटनेस सेन्टर भएपनि करको दायरामा नआएकोले एसोशिएसनले करको दायरामा ल्याउन पनि पहल गर्ने जानकारी दिईएको छ । विराटनगरमा मात्र २५ लाख देखि ५ करोड लगानीका बिच फिटनेस सेन्टर संचालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्