विराटनगर, २९ असार । मोरङ्गको बुढीगगां गाउँपालिका बडा नम्बर ५ हातिमुडामा रहेको क्वालिटी नुडल्स चाउचाउ उद्योग अनिश्चितकालका लागि स्थानीयले बन्द गराएका छन् । स्थानियवासीले उद्योगसंग गरेको सझौता पुरा नगरेको भन्दै उनीहरुले उद्योग बन्द गराएका हुन् । २०७३ साल पुस २२ गते तत्कालिन हात्तिमुडा गाविस सचिव हरीप्रसाद सुवेदीको अध्यक्षतामा भएको सार्बजनिक सुनुवाईबाट स्थानियवासी र क्वालिटी नुडल्स प्रा. लि.को तर्फबाट सहमती भएको थियो । सहमतीमा उद्योगको तर्फबाट दिपक थापा र मुकेश अग्रवालसँग ५ बुदे सहमति भएको स्थानीय सुनाउँछन् ।
डेढ बर्ष अगाडी गरिएको सहमति उद्योगले पुरा नगरे पछि वाध्य भएर बन्द गर्नुपरेको स्थानिय लालबिर सरदारले बताए । स्थानीवासीद्धारा उद्योगसँग प्रदुषणरहित चिम्नी बनाउनु पर्ने , उद्योगमा कामदार राख्दा ९० प्रतिशत स्थानिय हुनुपर्ने, उद्योगबाट निस्किएको प्रदुषित पानी प्रशोधन गरी मात्र बाहिर फाल्ने, स्थानीय गरिब तथा जेहेनदार बालबालिकालाई छात्रवृति प्रदान गर्ने, शिक्षा र स्वास्थमा आवश्यक सहयोग गर्ने र मनमोहन चोकबाट साविकको हातिमुडा ४ सम्मको बाटो मर्मत गर्ने बारेमा उद्योग ब्यवस्थापन र स्थानिय बिच संम्झौता भएको थियो ।
हाल उद्योग सञ्चालनमा आएपछि कुनैपनि सम्झौता पत्रमा भएका बँुदाहरु कार्यन्वयन नगरेको स्थानीय प्रकाश बुढाथोकीले बताए । उनीहरुले अनिश्चितकालका लागि उद्योग बन्द गर्दै आन्दोलित भएका हुन । तर उद्योग संचालकले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । स्थानीयका अनुसार, सबै आफ्नै वडाका नागरिक बाहेक छिमेकी वडाका ब्यक्तिलाई समेत काममा राख्न नदिनको लागि चलखेल भएको पाईएको छ ।
वडा अध्यक्ष खनालले उचालेको कारण भर्खरै संचालन हुन लागेको उद्योगलाई हटाउने षड्यन्त्र भएको जनप्रतिनिधिहरु नै बताउँछन् । वडा अध्यक्षको यो कदममा स्थानीय गोविन्द पोखरेल, लालबिर सरदार लगायतले साथ दिएको केही स्थानीयको भनाई छ । उद्योगले तत्कालको लागि ३० जना कर्मचारी राख्न थालेपछि उद्योग शुरु हुन नपाउँदै अध्यक्षले चलखेल गर्न खोजेको उद्योग निकटका ब्यक्तिहरु बताउँछन् ।
वडा अध्यक्ष खनालले भने, ‘फ्याक्टी चल्नभन्दा पहिला पनि यसैगरी आन्दोलन भएको थियो । त्यो बेला ५ बुँदे सहमती गरेको थियो, स्थानीयलाई नै रोजगारी दिने भन्ने उल्लेख भएपनि त्यो अनुसारको काम नभएपछि स्थानीय आन्दोलित भएका हुन ।’
फ्याक्ट्री चालुहँुदा ५–५ जनाका दरले चिनेका मान्छेलाई रोजगारी दिने भन्ने हिसावले कोटा छुट्याईएकोमा त्यो आफुलाई पनि चित्त नबुझेपनि केही नबोलेको बताए । सबैसँग ५–५ जनाकोे दरले मान्छे मागेको थियो । २८ जनाको नाम वडाबाट सिफारिस भएको थियो । हामीले पनि मान्छे दियौँ मसँग १० जना माग्यो, ५ जनालाई फेल गर्यो ५ जनालाई पास गरेपछि फेल हुनेहरु आन्दोलनमा उत्रिएको अध्यक्ष खनालले सुनाए ।
स्थानीयलाई मालिकले वेवास्ता गर्दाको परिणाम अहिले देखिएको खनालको तर्क छ । भागवण्डाका आधारमा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई समेत कोटा परेको छ । उनले आफ्ना निकटका ब्यक्तिलाई राख्न ब्यापक दवाव दिएपछि उनको भागमा पनि ५ जना परेकामा ३ जनालाई मात्र पास गरेको श्रोत बताउँछ । यस बिषयमा गाउँपालिकाका अध्यक्ष पनि आफ्ना मान्छे नराखेकोमा असन्तुष्ट देखिएका छन् । त्यस्तै अन्य चिनेजानेका ब्यक्तिहरुलाई पनि भागबण्डा गरेर कर्मचारी भर्ती गरिएको छ । कासिम मियाँको ५ जना, बलभद्र सरदार ५ जना, गाउँपालिका अध्यक्षको ५ जना, उपाध्यक्षको त्यही अनुपातमा कर्मचारी राख्न कोटा छुट्याईएको थियो । तर कोटामा चित्त नबुझेकाहरुले समेत आन्दोलनमा मलजल थपेका छन् ।
उद्योग स्थापना गर्दाको बखतमा स्थानीयले गरेको आन्दोलनमा केही स्थानीय नेताहरुको स्थानीयले गरेकेो आन्दोलन पछि चलखेल बढाएका छन् । यस अघि २ बर्ष पहिला पनि उद्योग स्थापना गर्दाको बखतमा स्थानीयले गरेको आन्दोलनमा केही स्थानीय नेताहरुको सेटिङमा उद्योगसँग ठुलो रकमको चलखेल गरेका थिए । यो घटना पछि थप रकमको चलखेल हुने आशंका देखिएको एक नेताले बताए ।