मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

विराटनगर, २९ असार । आगामी असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।lल्ला खोप समन्वय समिति मोरङको  विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सकिने बालस्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले बताउनुभयो ।जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका अनुसार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो । अहिलेसम्म मुलुकका ५० वटा जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्