नयाँ बिद्यार्थीलाई अर्किडमा अभिमुखिकरण

नयाँ बिद्यार्थीलाई अर्किडमा अभिमुखिकरण

विराटनगर, २९ असार ।
विराटनगरको अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमूखिकरण गरेको छ । कलेजमा भर्ना भएका ११ औं ब्याचका नयाँ विद्यार्थीहरुलाई शुक्रबार अभिमुखीकरणको आयोजना गरेको हो ।
हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेजका प्रिन्सिपल दिपेश बाँस्तोला, एन प्याब्सनका केन्द्रीय सदस्य राजन छाराहाङ, शिक्षक चुडामणी नेपाल लगायतले कलेजको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । कलेजमा नया शैक्षिक सत्रकालागि ३ सय ६० जना विद्यार्थीहरु भर्ना भएकोको कलेजले जनाएको छ।
कलेजका प्रिन्सिपल बास्तोलाले मध्यम शुल्कमा गुणस्तरीय शिक्षाको प्रत्याभुती दिलाउने प्रयास गरेको बताए । उनले विद्यार्थीले आप्mनो लक्ष्यमा पुग्न संगत, मेहनत र सपनासँगै जोड्नु पर्ने धाराण राखे । अभिमुखिकरण कार्यक्रममा सहभागी भएका विद्यार्थीहरु मध्ये श्रेया रायमाझीले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज अर्किड भएको बताईन् । कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गित गाएर स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्