विराटनगरको रानीका युवाले सशस्त्रसँग मिलेर यस्तो गरे

विराटनगरको रानीका युवाले सशस्त्रसँग मिलेर यस्तो गरे

विराटनगर, २९ असार ।
विराटनगर १६ मा रहेको लालीगुराँस स्पोर्टिंग क्लब भट्टीमोड र शसस्त्र प्रहरी बल रानीद्वारा सरसफाई अभियान शुरु भएको छ । रानीको भट्टीमोडदेखि मिल्स मा.वि.सम्म पहिलो दिन सडक किनारमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा स्थानिय युवा, संघसंस्था समेतको उपस्थितीमा सरसफाई आयोजना गरिएको थियो ।
बर्खामासमा सर्प एवम् लामखुट्टेबाट बच्नकोलागि आफ्नो घर आँगन तथा सडक र नाला सरसफाई गरिएको गुराँस स्र्पोटिङ्ग क्लवका अध्यक्ष गोपाल सिहंले जानकारी दिए ।
आगामी दिनमा पनि यसरी नै सरसफाईसँगै गाउँघर सफा अभियान चलाउने उनको दाबी छ । लालीगुराँस क्लबले टोल तथा समाजमा विभिन्न सामाजिक विकृती बिरुद्ध समेत काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्