विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानद्धारा साहित्य पुरस्कार बितरण, ७ जना पुरस्कृत

विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानद्धारा साहित्य पुरस्कार बितरण, ७ जना पुरस्कृत

विराटनगर, २९ असार ।
प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जना स्रष्टालाई शुक्रबार पुरस्कृत गरेको छ । २०३९ सालमा स्थापित प्रतिष्ठानले २०७४ सालको प्रतिभा पुरस्कार महाकाव्यकार प्रा. मोहनप्रसाद भण्डारीलाई समर्पण गरेको छ । त्यस्तै लीलानाथ–विश्वमञ्जरी प्रतिभा पुरस्कार संस्कृतिविद् डा. जगमान गुरुङ, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार अनुसन्धाकर्ता डिल्लीराम मिश्र, दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । सबै पुरस्कारको राशि नगद ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै २१ हजार राशिको विराटलक्ष्मी पुरस्कार निबन्धकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिएको छ । १५ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार भने कथाकार रीता ताम्राकार र अश्विनी कोइरालालाई संयुक्त रुपमा समर्पण गरिएको छ । उनीहरूलाई भाषाशाास्त्री प्रा. बालकृष्ण पोखरेल र प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले संयुक्त रुपमा नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
प्रतिष्ठानले हालसम्म ५० भन्दा बढी रचनात्मक ग्रन्थ प्रकाशित गरिसकेको छ भने ६८ जनालाई पुरस्कृत र सम्मानित गरिसकेको सचिव कविराज न्यौपानेले जानकारी दिए । कार्यक्रममा कवि कल्पना काफ्लेले आदिकवि भानुभक्त आचार्यको स्मरणमा कविता वाचन गरिन् । प्राज्ञ विवश पोखरेल, पुरस्कृतहरूका तर्फबाट डा. जगमान गुरुङ, भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदी, सहसचिव दिङ्लाली कान्छोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्