मोरङमा माछा मार्ने क्रममा महिलाको मृत्यु

मोरङमा माछा मार्ने क्रममा महिलाको मृत्यु

मोरङ, असार ३० गते ।

मोरङको मिक्लाजुङ गाउँपालिका ५ स्थित धानखेति भन्ने ठाउँमा शुक्रबार माछा मार्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

मौवाखोला गाउँपालिका १ बस्ने अनिष तामाङको श्रीमती २७ बर्षिय शर्मिला राई माईत आएको समयमा स्थानीय सोल्टी खोलामा माछा मार्ने क्रममा खोलाको पानीमा डुबेर गम्भीर भनेकी थिईन ।

उनलाई उपचारकालागी तत्काल उर्लाबारी मंगलबारे लगिएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्