मोरङ, असार ३० गते ।
मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषधसहित सुनसरी धरान १५ बस्ने ३६ बर्षिय धन कुमार राई र पछाडि सवार २२ बर्षिय रोशन श्रेष्ठलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
शुक्रबार बिहान सीमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा को १ प ५६५८ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई शरीरमा लुकाई छिपाई ल्याउँदै गरेको अबस्थामा ५ सय पिस नाइट्रोसन ट्याब्लेट फेला पारी बरामद गरेको हो ।
बरामद लागूऔषधसहित दुबैजनालाई आवश्यक कारवाहीकालागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।