मैत्रीपूर्ण ‘मिडिया फुटसल कप’को उपाधी न्यू सृष्टि दैनिकलाई

मैत्रीपूर्ण ‘मिडिया फुटसल कप’को उपाधी न्यू सृष्टि दैनिकलाई

विराटनगर, ३० असार । ओवी मिडिया प्रालिले आयोजना गरेको मैत्रीपुर्ण फुटसल कपको उपाधी विराटनगरको न्यू सृष्टि दैनिकले चुमेको छ । विराटनगर ६ मा रहेको हिट एण्ड ह्याङ आउट फुटसल मैदानमा शनिबार भएको प्रतियोगितामा पूर्वेली नागरिक दैनिकलाई २ का विरुद्ध ८ गोलको अन्तरमा उपाधि चुमेको हो । न्यू सृष्टि दैनिकले आयोजक टिम ओवी मिडियालाई १– ५ को गोल अन्तरले जित गर्दै सेमीफाईनलमा प्रवेश गरेको थियो । त्यस्तै सेमीफाईलनमा कोशी एफएमलाई पनि ट्राईब्रेकरमा हराउदै फाईनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा पहिलो खेलमा नागरिक दैनिकले नेपाल टाइम्सलाई ३–० ले हराउदै सेमीफाईनलमा प्रवेश गरेको थियो । नागरिक पुर्वेलीले मकालु टेलिभिजनलाई टाईब्रकरमा हराउदै फाईनलमा प्रवेश गरेको थियो । फाईनल खेलमा न्यू सृष्टि दैनिकको तर्फबाट पुष्पराज काफ्ले ६ गोल गरेका थिए भने मदन खतिवडा र शंकर खरेलले एक – एक गोर गरेका थिए । पुर्वेली नागरिकको तर्फबाट तेजेन्द्र दाहाल र सन्तोष चौधरीले एक – एक गोल फर्काए ।
मैत्रीपुर्ण खेलमा मकालु टेलिभिजन , कोशी एफएम , न्यु सृष्टि दैनिक , नागरिक पुर्बेली, उद्घोष दैनिक, जन विद्रोह दैनिक , नेपाल टाईम्स र ओवी मिडीयाले प्रतियोगीतमा सहभागिता जनाएका थिए ।
रसियामा जारी विश्वकपको आईतबार हुने फाईनललाई अझ रोमान्चक बनाउन विराटनगरमा रहेका मिडिया हाउस विच एकआपसमा सम्बन्ध प्रगाढ बनाउने एक दिने मैत्रीपुर्ण मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरिएको ओवी मिडीयाका निर्देशक विवेक दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्