रुस विश्वकप : नतिजा अनुमान विपरित

रुस विश्वकप : नतिजा अनुमान विपरित

एजेन्सी ,३१ असार । रुस विश्वकपमा धेरै नतिजा अपेक्षाकृत रहन सकेन । समूह चरणबाटै जर्मनीको बहिर्गमन, कोरियासँगको उसको अप्रत्यासित हार, रुसको क्वार्टर फाइनल प्रवेश, मेक्सिकोसँग ब्राजिलको हार, कोलम्बियाविरुद्ध जापानको जित आदि ।यस्ता नतिजा धेरै आए, जुन फुटबल हेर्ने दर्शक र खेलाडी समेतको अनुमान विपरित थियो । यो एउटा पाटो हो ।उद्घाटन खेलको कुरा गरौं । यो खेलमा रुसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० ले हरायो ।

प्रिक्वार्टर फाइनलको रुस भर्सेस स्पेन, जुन खेलमा रुस पेनाल्टी सुटआउटमा विजयी भयो । प्रिक्वार्टर फाइनलकै अर्को उरुग्वे र पोर्चुगलबीचको खेल, जुन खेलमा उरुग्वे २–१ ले विजयी भयो । यी नतिजाहरुले यो प्रमाणित गरिदिएको छ कि खेल जित्नका लागि बल पोजेसन हैन, गोल हान्नु जरुरी छ ।

रुस र साउदी अरेबियावीचको खेलमा आयोजकले ३९ प्रतिशत बल पोजेसन कायम गरेपनि उसले पाँच गोल प्रहार गरेको थियो । स्पेनविरुद्धको खेलमा पनि जम्मा २१ प्रतिशत बल पोजेसन कायम गरेको रसियाले पेनाल्टी सुटआउटमा जित हात पार्याे ।

पोर्चुगलविरुद्धको प्रिक्वार्टर फाइनलमा उरुग्वेले ३३ प्रतिशत बल पोजेसन बनाएको थियो । तर याे खेलमा इडिन्स काभानी नायक बन्दा खेलमा उरुग्वे विजयी भयो ।यो विश्वकपमा पोसेसनको विपरितका नतिजा आए । आइसल्याण्डसँग बराबरीमा रोकिँदा अर्जेन्टिनाले ७८ प्रतिशत पोजेसन कायम गरेको थियो । ब्राजिल मेक्सिकोसँग पराजित हुँदा उसको बल पोजेसन ७२ प्रतिशत थियो ।

एक दशक अघि स्पेन फुटबलको उदय भयो । सन् २००८ मा युरो कप, २०१० मा विश्वकप र सन् २०१२ को युरोकप जित्दै स्पेनले झण्डै एक दशक स्पेनको टिकी–टाका शैली लोकप्रिय एवं सफल भयो ।

पेप ग्वार्डिओलाले ल्याएको टिकी टाका ‘क्रान्ति’का कारण स्पेनले विश्व फुटबलमा राज गरेको थियो । टिकी–टाकाको एउटै सिद्धान्त थियो, ‘पोजेसन छ भने विपक्षीले गोल गर्ने मौका पाउँदैन ।’ बार्सिलोना छोडेर पेप जर्मन क्लब बायर्न म्युनिखमा आवद्ध भए ।  त्यसबेला बायर्नले जम्मा दुई खेल हारेर बुण्डेस लिगाको ट्रफी उचाल्यो र त्यसको लगत्तै भएको विश्वकपमा जर्मनी च्याम्पियन बन्यो ।

तर यो विश्वकपमा पेपको प्रशिक्षण राष्ट्र इंग्ल्याण्ड सेमिफाइनलमा नै रोकियो ।  लेस्टर सिटीले प्रिमियर लिग जित्दा उ पोजेसनमा निकै पछि थियो ।

यो विश्वकपमा त्यस्तै नतिजा आएका छन् । तीनवटा टिमले ६५ प्रतिशत भन्दा बढी बल पोसेसन आफ्नो पक्षमा राखे ।
स्पेन ७४, जर्मनी ७२ र अर्जेन्टिना ६६, तर दुईवटा टिमले समूह चरण पार गर्नका लागि ठूलै संघर्ष गर्नु परेको थियो ।  जर्मनी त समूह चरणबाटै घर फर्कियो ।इलिमिनेसन हुनु पाँच मिनेट अघि मार्कोस रोहो मैदान प्रवेश गरेपछि नाइजेरियाविरुद्ध जित दिलाएर अर्जेन्टिनालाई जोगाए तर त्यसपछि फ्रान्ससँग पराजित हुँदा पनि उसको बल पोजेसन ६० प्रतिशत थियो ।

उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजले बल पोजेसन कब्जा गर्ने रणनीति बनाएका थिए । ‘मैले इटालीमा काम गरेको थिएँ, जहाँ बल पोजेसन भन्दा पनि गोल गर्ने मौकामा बढी गृहकार्य हुन्छ । यो विश्वकपमा मेरो रणनीति गलत सावित भयो ।’ उरुग्वे प्रतियोगिताबाट बाहिरिएपछि टाबारेजले भने ।

स्पेन, जर्मनी र अर्जेन्टिनाका लागि बल पाजेसन ‘निस्कृय’ पास मात्र सावित भयो । समूह चरणमा मोरक्कोविरुद्धको खेलमा बल पोजेसनको बावजूद स्पेनले खेलमा ठूलो संघर्षपछिमात्र बराबरी गर्न सफल भयो । समूह चरणका ५२ खेलमा १६ टिमले ६५ प्रतिशतभन्दा बढी बल पोजेसन राखेका थिए, तर पाँच टिमलेमात्र जित हात पार्न सके ।

नकआउट चरणमा पनि यस्तै नतिजा आए ।विश्वकप २०१८ ले पोजेसनले गोल गर्ने मौका सिर्जना नगर्दो पनि रहेछ भन्ने प्रमाणित गरिदिएको छ । विजयी टिमका डिफेन्डरहरु पूरा ९० मिनेटमा अनुशासित रहँदै विपक्षीलाई गोलको अवसर नै दिएनन् ।  उनीहरुले काउन्टर अट्याकमा अग्रपंक्तिका खेलाडीलाई धेरै मौकाहरु दिएका थिए ।

भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोगले यो विश्वकपमा कीर्तिमानी संख्यामा पेनाल्टी दिइयो ।  सँगसँगै डेड बलपछिको अवस्थामा पनि धेरै गोल भए ।क्यामराले हरपलको निगरानीका कारण डिफेन्डरले विपक्षी टिमका फरवार्डहरुसँग पनि अनुशासित व्यवहार गरे ।कमजोर टिमहरुले यो कुरालाई मध्यनजर गर्दै डेडबलबाट पाउन सक्ने फ्रिकिक, कर्नर र पेनाल्टीको अवसर कुरिरहे । जुन सफल पनि भयो । (ujyaalo)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्