बिराटनगरका फुटबलप्रेमी सन्तोष रसियामा नेपाली झण्डा अंकित पोशाकमा विश्वकप हेर्दै

बिराटनगरका फुटबलप्रेमी सन्तोष रसियामा नेपाली झण्डा अंकित पोशाकमा विश्वकप हेर्दै

बिराटनगर असार ३१ , रसियामा गएर विश्वकप हेर्नु कुनै फुटबल प्रेमीको लागि जीवनको बिर्सनै नसकिने क्षण हो ।केहि समय अघि बिराटनगरको मकालु टेलिभिजनको टोली रसियामा जारीरहेको विश्वकप हेरेर फर्किसकेको छ ।

बिराटनगरका अर्का युवा उद्योगी तथा फुटबलप्रेमी सन्तोष चौधरी पनि विश्वकप हेर्न अहिले रसियामा छन् , आफ्ना केहि साथीहरुसंग उनि रसिया विश्वकपको फाइनल हेर्न त्यहाँ पुगेका हुन् ।  उनीहरुले फाइनल अगाडीको तेस्रो स्थानका   लागि भएको बेल्जियम र इंगलैंडबीचको खेल पनि हेरेका थिए । युवा फुटबलप्रेमी सन्तोषले खेल हेर्न जादा नेपाली राष्ट्रिय झण्डा अंकित टिसर्ट लगाएर गएको आवर बिराटनगरलाई बताए ।

"हजारौ बिदेशी दर्शकबीच नेपाली झण्डा अंकित टिसर्ट लगाएर आफ्नो देश चिनाउने प्रयास गरेको हु" उनि भन्छन । आफुले नेपालको झण्डा अंकित कपडा लगाएको हुदा त्यहाँ उनलाई "नेपाल माउन्ट एभेरेस्ट...." भनि अन्य देशका समर्थकले कराउदा अझ गौरब लागेको उनले सुनाए ।

विश्वकपको माहोल निकै रोमान्चक भएको र आफुले कल्पना गरेको  भन्दा पनि रोचक  त्यहाको वातावरण रहेको उनले सुनाए । "फाइनल खेल अझ रोमान्चक हुनेछ भन्ने लागेको छ , उक्त खेल हेर्न पनि नेपाल चिनाउने पोशाकमा जानेछु" सन्तोषले बताए । उनीसंगै फाइनल हेर्न सुन्दर हरैचाका युवा आकाश दुलाल पनि रसिया पुगेका छन् ।

सन्तोषले रसियाबाट पठाएका केहि तर्स्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्