विराटनगरबाट घुस लिँदैगर्दा नायव सुब्बा पक्राउ

विराटनगरबाट घुस लिँदैगर्दा नायव सुब्बा पक्राउ

विराटनगर, ३१ असार । घुस लिँदा लिँदै जिल्ला भुमिसुधार कार्यालय मोरङका नायव सुब्बा दामोदर खतिवडा पक्राउ परेका छन् । सेवाग्राहीबाट खुलेआम ३० हजार नगद घुस लिँदा लिँदै उनी पक्राउ परेका हुन् । उनलाई इटहरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीेले आज दिउँसो विराटनगरमा रहेको कार्यलयबाट पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा नायव सुब्बा खतिवडालाई अख्यितारको टोलीेले रङगेहात घुस लिइरहेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान ईटहरीका प्रहरी निरीक्षक राजन कार्कीेले जानकारी दिए । पक्राउ परेका सुब्बाले विराटनगका एक जना सेवाग्राहीलाई ३० हजार रुपैयाँ घुस दिएर मोहियानी हक मिलाइदिने भन्दै घुस दिने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्