विराटनगरको जतुवामा आगलागीबाट एक घरमा क्षति

विराटनगरको जतुवामा आगलागीबाट एक घरमा क्षति

मोरङ, असार ३२ गते।

विराटनगर जतुवामा शनिबार राती एक घरमा आगलागी भएको छ।

विराटनगर महानगरपालिका १४ जतुवा स्थित सन्तोष यादवको घरमा शनिबार राती अचानक विधुत सर्ट भई आगलागी भएको जानकारी प्राप्त भएको हो।

आगलागीबाट साहको फुस र काठले बनेको घर, घरभित्र राखेको १५ हजार रुपैया, लत्ताकपडा समेत जल्दा करिब एक लाख पन्ध्र हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी इलाका प्रहरी कार्यालयबाट गएका प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्