भारतमा एकै परिवारका ६ जनाले गरे आत्महत्या, कारण यस्तो !

भारतमा एकै परिवारका ६ जनाले गरे आत्महत्या, कारण यस्तो !

काठमाडौं, असार ३२ । भारत झारखण्डमा एक परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् ।

झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो । घरबाट प्रहरीले ६ वटा सुसाइड नोट पनि फेला पारेको जनाएको छ ।

रातो रंगको कागजमा रहेको सबै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको जनाइएको छ ।

यद्यपि, बच्चाको भने घाँटी रेटेर हत्या गरिएको उल्लेख छ । सबै शव घरको विभिन्न स्थानमा फेला परेका थिए ।

सुसाइड नोट कस्ले लेखेको हो भन्नेमा प्रहरीले अनुसन्धान थालेको छ । प्रारम्भिक छानबीनमा ती व्यापारीको ठूलो रकम फसेको खुलेको प्रहरीले जनाएको छ ।

७० वर्षीय महावीर माहेश्वरी शहरको ड्राइृ फ्रुट्सका ठूला व्यापारी रहेको उल्लेख गरिएको छ ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्