विश्वकपको फाइनलमा नेपाली झण्डा फरर….

विश्वकपको फाइनलमा नेपाली झण्डा फरर….

बिराटनगर असार ३२ , रसियामा भएको विश्वकपको फाइनल खेलमा नेपाली राष्ट्रिय झण्डा सहित पुगेका मोरङका युवाहरुले देश चिनाउन खेल मैदानमा राष्ट्रियता झल्काउने कार्य सामाजिक संजालमा भाइरल भइरहेको छ ।

मोरङका युवाहरु आकाश दुलाल , बिनोद पौडेल , उज्वल प्रसाईं , सन्तोष चौधरी लगायतको टोली रसियामा नेपालीपन झल्काउन राष्ट्रिय झण्डा र ढाका टोपी लिएर खेल मैदान पुगेका थिए । फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलमा बिभिन्न राष्ट्रका जनता सहित नेपालको झण्डा लिएर बस्दा गौरव महशुस भएको आकाशले  आवर बिराटनगरलाई बताए । क्रोएसियालाई ४-२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको थियो ।

हेर्नुहोस तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्