कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध

कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले संसद्मा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध गरेको छ ।

सोमबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसद मीन विश्वकर्माले चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएका विषयलाई लिएर डा. गोविन्द केसी १७ दिनदेखि अनशनमा रहेको भए पनि सरकार माग पूरा गर्न तयार नरहेको बताएका थिए ।

उनले सरकारले गम्भीर विषयलाई पनि उखान टुक्कामा उडाउने गरेको भन्दै आक्रोश व्यक्त गरे । “सरकार उखान टुक्कामा व्यस्त छ,” उनले भने, “एक दुईजना उभिँदैमा एकदुईजनाको ज्यान जाँदैमा केही फरक पर्दैन भन्ने प्रधानमन्त्रीलगायतका मन्त्रीको धारणा आउने गरेका छन् ।”

नेकपाका सांसदहरुले भने संसद्को अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

“दुइजना मान्छे उभिँदैमा कानुन बनाउन दिन्न भन्ने विश्वको दृष्टान्त कहाँ छ ?,” उनको आक्रोश थियो । बैठक आधाघन्टाका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्