सास्थम कलेजमा लागुऔषध दुर्व्यसन विरुद्ध प्रहरीकाे सचेतना

सास्थम कलेजमा लागुऔषध दुर्व्यसन विरुद्ध प्रहरीकाे सचेतना

मोरङको विराटनगर १४ स्थित श्री सास्तम कलेज विराटनगरमा प्रहरीले सोमबार लागुपदार्थ दुव्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ।

इलाका प्रहरी कार्यालय रानीले ''लागुऔषध बिरुद्द जनसचेतनामुलक कार्यक्रम” अर्न्तरगत सोमबार विहना सो कलेजमा सचेतनामुलक कक्षा संचालन गरेका हुन। बिहान ७ देखी ९ बजेसम्म आयोजना गरिएको कक्षामा कलेजमा अध्ययनरत ८० जना बिधार्थीहरु सहभागी थिए।

सहभागी विधार्थीहरुलाई प्रहरी निरीक्षक सन्तोष निरौलाले लागुपदार्थ सेवनबाट समाज तथा व्यक्तिमा पर्ने असरहरुका बारेमा जानकारी गराउनु भएको थियो।

कक्षा सम्पन्न पश्चात प्रहरीले कलेजका विधार्थीहरुलाई सचेतनामुलक हाते-पुस्तिका समेत बितरण गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्