विराटनगरका विद्यालय अब अप्ठेरोमा, घरअगाडि रोकेर विद्यार्थी चढाउन नपाईने

विराटनगरका विद्यालय अब अप्ठेरोमा, घरअगाडि रोकेर विद्यार्थी चढाउन नपाईने

प्रेम देवान ,
विराटनगर, २ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले विराटनगरका स्कुल तथा कलेजका बसले अबदेखि घरअगाडि रोकेर विद्यार्थी चढाउन नपाउने भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हिसान मोरङ ,प्याब्सन तथा एन प्याब्सनसंग सहमति र समन्वय गरी यो नियम कार्यान्वयनमा ल्याउन लागिएको हो जिल्ला ट्राफिक प्रहरी कार्यलयका निरीक्षक शिव पोखरेलले आवर विराटनगरलाई जानकारी दिए । विराटनगरको अबस्थाको मुल्याङकन गरी समस्याको पहिचान गर्दा बिद्यालयका बसहरु बिच सडकमा घरैपिच्छे रोक्दा समस्या आएपछि यसरी घर अगाडी रोकेर बालबालिका बसमा चढाउने काम रोक्न लागिएको उनले जानकारी दिए । ‘अब निश्चित ठाउँमा मात्र स्कुलको गाडी रोक्ने र त्यहिंबाट विद्यार्थी चढाउनुपर्ने व्यवस्था गर्न लागेका छौे, प्रहरी निरीक्षक पोखरेलले भने,स्कुल र कलेजका गाडिहरु जहाँ पायो त्यहीँ रोक्दा ट्राफिक ब्यवस्थापनमा समस्या हुने भएकोले सबैको सहमतीमा यो तत्कालै कार्यान्वयनमा ल्याउन लागेका हौ।’
बिद्यालय तथा कलेजका गाडीका कारण सडक जाम हुने दुर्घटना निम्तने जस्ता समस्या आएपछि सबैसँगको समन्वयमा यो कार्यान्वयनमा लगिने ट्राफिक प्रहरीको तयारी छ । नगरभित्र हरेक रोड र गल्लीको विचमा बालबालिका चढाउने र ओराल्ने एउटा सेन्टर प्वाइन्ट राखेर एकै ठाउँबाट मात्र बिद्यार्थी बसमा चढाईनु पर्ने पोखरेलले बताए ।
यदि सहमती विपरीत गर्ने स्कुल र कलेजलाई ट्राफिक प्रहरीले कारबाही गर्ने उनको भनाई छ । यसैगरी विद्यालयका गाडीले विद्यार्थी कोचेर बोक्नेहरुलाई समेत अब ट्राफिक प्रहरील कार्वाही गर्ने छ ।


ट्राफिक प्रहरीले ल्याउन लागेको अभियानको बारेमा प्याब्सनले पनि साकारात्मक प्रतिक्रिया जनाएको छ । प्याब्सन मोरङका अध्यक्ष सुनिल पोखरेलले स्कुल बसको कारणले ट्राफिक जाममा असर पुगेको छ भने विद्यार्थीहरुका अभिभावकहरुसंग समन्वय गरेर नियमलाई पालना गरिने बताए । प्याब्सन ्िवराटनगरका नगर संयोजक प्रेम सुवालले पनि यो बिषय सकारात्मक रहेको बताए । ‘यदी ट्राफिक प्रहरीले हामीसंग यो विषयमा समन्वय गर्यो भने हामी पनि सहयोग गर्न तयार छौ? उनले भने, ट्राफिक ब्यवस्थापनको दायित्व सबैको उतिकै हो ।’ तर त्यसको लागि आधिकारीक कुनै पत्र भने नआएको उनको चनाई छ । विराटनगर भित्र दुई दर्जन भन्दा बढी निजी स्कुल र कलेजका गाडीहरु कुद्ने गरेका छन् । एउटा बिद्यालयको गाडी १० वटासम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्