जबरजस्ती करणी मुद्दाका फरार मदन बिराटनगरबाट पक्राउ 

जबरजस्ती करणी मुद्दाका फरार मदन बिराटनगरबाट पक्राउ 

मोरङ, साउन २ गते ।

इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

"अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत सो कार्यालयबाट खटिएका विशेष टोलीले स्थानीय एक महिलालाई बलात्कारको अभियोग लागेका मोरङ साबिक बिराटनगर १९ हाल बिराटनगर १५ बस्ने ६९ वर्षीय बिश्वेश्वर भन्ने मदन प्रसाद पासमानलाई सोमबार पक्राउ गरि मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो।

पासवान २०७३ साल भाद्र ३० गते वारदात मितिदेखी फरार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्