केसीको अवस्था नाजुक , वार्ता विना निष्कर्ष टुङगियो

केसीको अवस्था नाजुक , वार्ता विना निष्कर्ष टुङगियो

सरोज ढुंगेल

काठमाडौँ, साउन २ । सरकारी वार्ता टोली र स्वास्थ्य शिक्षाको सुधारका माग गर्दै अनशनरत डा. गोविन्द केसी पक्षबीच मङगलबार भएको वार्ता विना निष्कर्ष टुङगिएको छ ।
दिउँसो तीन घण्टासम्म चलेको वार्तामा दुवै पक्षका वार्ताटोलीबीच कुनै पनि बँुदामा सहमति हुन सकेन् । सरकारी वार्ता टोलीका सदस्य तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सहमति हुन नसके पनि वार्ता सौहार्दपूर्ण रूपमा अगाडि बढेको बताउनुभयो ।
‘अहिले नै निराश हुने अवस्था छैन’, वार्ताटोलीका सदस्य डा. लोहनीले भन्नुभयो, “दुवै पक्ष लचिलो ढङ्गले अगाडि बढे वार्तालाई निष्कर्षमा पु¥याउन सकिन्छ ।” एक दिन अघिमात्र सरकारले वार्ता टोली गठन गरेको हो ।
दुवै पक्ष थप तयारीसहित बस्ने गरी मङ्गलबारको वार्ता स्थगित गरिएको डा. लोहनीले जानकारी दिनुभयो । डा. केसी पक्षका वार्ताटोली संयोजक डा. अभिषेकराज सिंहले वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
सरकारी वार्ता टोलीले डा. केसीको मागभन्दा पनि उहाँको स्वास्थ्य स्थितिलाई बढी चिन्ता लिएर काठमाडौँ ल्याउन खोजेको देखिन्छ, उहाँले भन्नुभयो । डा सिंहले वार्ताका लागि सरकार गम्भीर नबनेका कारण तीन घण्टा लामो वार्ता भए पनि टुङ्गोमा पुग्न नसकेको जानकारी दिनुभयो ।
संसदमा दर्ता भएको विधेयक फिर्ता नलिँदासम्म वार्ता अघि बढ्न नसक्ने समेत उहाँले प्रष्ट्याउनुभयो । डा. केसीले गत असार १६ गतेदेखि साँत बुदे माग राखेर जुम्लामा अनशन सुरु गर्नुभएको थियो ।
डा. केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसद्मा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरूमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गर्नुपर्ने माग गर्नुभएको छ ।
त्यसैगरी उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गर्नुपर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाउनुपर्ने, पाँचथर, इलाम, डडेलधुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने माग गर्नुभएको छ ।

केसीको अवस्था नाजुक

यसैबीच जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई हाइपोक्यालेमिया भएको छ । वार्ता टोली गठन भएसँगै डा. केसीको रगत परिक्षण गराउँदा हाइपोक्यालेमिया देखिएको हो ।
रगतमा पोटासियमको मात्रा कम हुनुलाइ हाइपोक्यालेमिया भनिन्छ । मानव शरिरमा पोटासियम, मुटुको चाललाई ठिक ठाउँमा राख्न र मांसपेशीहरुलाई समेत स्वस्थ राख्न आवश्यक पर्छ । रगतमा यसको मात्रा घटबढ भएमा श्वासप्रश्वास, मुटु र मिर्गौलामा समेत गम्भीर असरहरु देखा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्