विराटनगरको दाज्जु चिया पसलमा “दाज्जु ग्रान्डमास्टर“ चेस प्रतियोगिता हुने

<span class='c1'>विराटनगरको दाज्जु चिया पसलमा “दाज्जु</span> <span class='c2'>ग्रान्डमास्टर“ चेस प्रतियोगिता हुने</span>

विराटनगर । विराटनगर–७ मा अवस्थित लोकप्रिय दाज्जु चिया पसलले “दाज्जु ग्रान्डमास्टर“ नामक विशेष चेस प्रतियोगिताको आयोजना गर्ने भएको छ।

उक्त प्रतियोगिता आगामी फागुन २१ गतेदेखि सुरु हुने जनाइएको छ। पसलका संचालक सुमन खड्काका अनुसार यो प्रतियोगिता ग्राहकहरुको मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगिताको विजेताले पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यस कार्यक्रम मार्फत ग्राहकहरुलाई चियासँगै गफका अतिरिक्त अर्को रमाइलो अनुभव समेत प्रप्त हुने छ । संचालकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवाहरुले फागुन १९ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् । दर्ता शुल्क पचास रुपैयाँ तोकिएको छ ।

संचालक खड्काले प्रतियोगिताको घोषणापछि धेरै युवाहरुले चासो देखाएको बताए। यस कार्यक्रमकोलागि ६४ प्रतियोगि छनोट गरीने छ । प्रतियोगिता अवधिभर सहभागीहरुलाई एक कप चिया निःशुल्क प्रदान गरिने पनि उनले जानकारी दिए। मातृका रोडमा अवस्थित दाज्जु चिया पसल विराटनगरमा आफ्नो विशिष्ट स्वाद र वातावरणका लागि परिचित छ। यहाँ बनाइने चियामा उमालेको दूधको छालीबाट निकालिएको घिउ प्रयोग गरिन्छ, जसले स्वाद र स्वास्थ्य दुवैमा फाइदा पुऱ्याउँछ। पसलमा २० भन्दा बढी प्रकारका चिया र ६० भन्दा बढी खाद्य पदार्थहरु उपलब्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्