उद्योग संगठन मोरङको स्थानीय तह समन्वय समिती मनोनित

उद्योग संगठन मोरङको स्थानीय तह समन्वय समिती मनोनित

विराटनगर, २ साउन ।
स्थानीय तहको समन्वय समितीको संयोजक तारानाथ निरौला मनोनित भएका छन् । समितीमा पवन राठी, उमेश अग्रवाल र देवेन्द्र गुप्ता पनी सदस्यमा मनोनित भएका छन् । यसैगरी महिला उद्यम समितीमा सन्तोष लुनावत जैन संयोजक तोकिएका छन् । समितीको सहसंयोजकमा लिला रिजाल, सदस्यमा रिता पोख्रेल , जयश्री जाजू, सुची चौधरी , अनुपमा वाँस्तोला, गिरिजा सारडा, अर्पणा रिजाल दाहाल, लक्ष्मी घिमीरे, स्मृती कावरा, मनोनित भएका हुन । यसैगरी अञ्जु उपाध्याय, राजकुमारी तोदी र अनिता बराल सल्लाहकारमा मनोनित भएका हुन ।
त्यस्तै विराटनगरका युवा उद्यमी सलिम अन्सारीलाई पनि उद्योग संगठन मोरङको स्थानिय तह समन्वय समितिको सदस्यमा मनोनित गरिएको हो ।संगठनका नव निर्वाचित अध्यक्ष भीम घिमिरेले बिषयगत बिभिन्न समितिमा मनोनयन गर्ने क्रममा अन्सारीलाइ सदस्यमा मनोनयन गरे ।
अन्सारी शहंशाह फेमेली रेस्टुरा सन्चालक हुन । उनले चाडै शंहशाह मसाल उद्योग पनी सञ्चालनमा ल्याउदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्