बिराटनगरमा दुर्घटना : मोटरसाइकलले ठक्कर दिएर सिटी सफारी चालक घाइते

बिराटनगरमा दुर्घटना : मोटरसाइकलले ठक्कर दिएर सिटी सफारी चालक घाइते

कोशी राजमार्ग अन्तरगत मोरङको बिराटनगर-३ मा गएराती उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को ७ प ९९६५ नम्बरको ठक्करबाट एक जना घाइते भएका छन।

मोटरसाइकलले ठक्कर दिएर सिटी सफारी चालक विराटनगर १० बस्ने दिपक मिश्र घाइते भएका हुन। मिश्रलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक मोरङ बिराटनगर-५ बस्ने हरि दाहाल समेत घाइते भएका छन।

घाइते दुबै जनालाई उपचारका लागी नोबेल अस्पताल विराटनगर लगिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल सिआरभि पोष्ट कंचनबारीका प्रहरीले नियन्त्रणमा लिई राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्