विराटनगर बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थाले ( भिडीयो रिर्पोट )

विराटनगर बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थाले ( भिडीयो रिर्पोट )

विराटनगर ३ साउन । बजारमा उपभोग्य सामानको सम्बन्धित निकायको अनुगमन फितलो हुदाँ बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थालेका छन् । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तु खुलेयाम विक्री हुँदा पनि स्थानीय प्रशासन भने मौन देखिएको छ ।
विराटनगर ८ जलजला चोकमा रहेको विक्की चिया पसलमा म्याद गुज्रेको पेय पदार्थ भेटिएको छ । बिक्कीको यो पसलमा यसरी म्याद गुज्रिएका सामान राखिएको एक महिना बिति सकेको छ ।
विक्की चिया पसल संञ्चालन गर्दै आएका विक्की भगतले डिलरलाई पटक पटक खबर गरे पनि फिर्ता लिन नआएको बताए । बरु उल्टै पेट्रोल लगाएर कम्पनीले जारी गरेको मिती मेटेर बेच्न लगाएको विक्कीको भनाई छ ।
विक्की चिया पसलमा बोटलर्स नेपाल र वरुण वेभरेज प्रालीले उत्पादन गरेका कोकाकोला, फेन्टा, स्प्राइट र डिउ म्याद नाघेको पाईएको छ । वरण वेवरेज प्रालिले उत्पादान गरेका पेय पदार्थ विरानगरमा वितरकको जिम्म्मा लिएका आकाश भेराईटिज्का चन्दान साह भन्छन् हामीले म्याद सकिनु अगाडी नै व्यापारीहरुलाई फिर्ता गर्नु भनेर भन्दा समय मै फिर्ता नगरेका कारण यस्तो हुने गरेको बताए ।
यता विराटनगर ९ मा रहेको शिखा ट्रेड कन्सर्नका प्रोपराईटर अरुण दत्त पनि भन्छन् म्याद गुज्रेका सामान फिर्ता नहुने र यदि कम्पनीले फिर्ता लिन आग्रह गर्यो भने मात्र फिर्ता लिने गरेको उनले बताए ।

https://www.youtube.com/watch?v=CjGBoTsazXg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्