विराटनगरमा कोवासको यस्तो अभिमुखिकरण

विराटनगरमा कोवासको यस्तो अभिमुखिकरण

विराटनगर, ४ साउन । विराटनगरको कोवास कलेजले एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुको लागि एकदिने अभिमुखिकरण तथा स्वागत गरेको छ । विराटनगर १० मा रहेको कलेजमा कक्षा ११ विज्ञान, कम्प्युटर साइन्स तथा व्यवस्थापन संकायमा २३ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराएको हो ।
कलेज व्यवस्थापन समितिको अध्यक्ष अजयकुमार दासको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका प्रमुख दयाराम राई, कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ, कलेजका संस्थापक गेनेश्वर साह, प्रा. डा. ईन्दुशेखर झा र डा. घनश्याम श्रीवास्तवलगायतले कलेजको प्रशंसा गरेका थिए ।
कलेजमा भर्ना भएका विज्ञान संकायमा २ सय ८५, कम्प्युटर साइन्समा १ सय ५० र व्यवस्थापन संकायमा ३ सय ५० जना विद्यार्थीहरूलाई अभिमुखीकरण तथा स्वागत गरिएको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले बताए । कक्षा १२ का विद्यार्थीले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्