“मोडलिङ संगसंगै मेरो गायनलाई पनि अगाडी बढाउछु” – सुजता खतिवडा

“मोडलिङ संगसंगै मेरो गायनलाई पनि अगाडी बढाउछु” – सुजता खतिवडा

मोरङको लेटाङ ९ जाँतेमा पिता जिवन खतिवडा र माता लक्ष्मी खतिवडाको कोखबाट १८ वर्षअघि जन्मिएकी सुजाता खतिवडाले उत्तरी मोरङ मै पहिलो पटक लेटाङ लायन्स क्लबद्वारा आयोजना गरिएको लेटाङ प्रिन्सेस २०१८ को ताज पहिरिन सफल भइन् । मोरङ कै पथरी स्थित रेडस्टार आवसीय माध्यमिक विद्यालयबाट कक्षा १२ को अध्ययन सकेर उच्च अध्ययनको तयारीमा रहेकी उनै खतिवडासँग भूमिका पाख्रिनले गरेको कुराकानीको सम्पादित अंश :

लेटाङ प्रिन्सेसको ताज जित्नु भएको छ । कस्तो महसुस गर्दै हुनुहुन्छ ?

म अत्यन्तै खुशी छु । हामी ४२ जनाले नै उत्तिकै मेहेनत गरेको भएपनि ताज भने मैले हात पर्न सके । ताज जित्नुमात्र ठुलो कुरा हैन, यस ताजले दिएको जिम्मेवारीलाई सकारात्मक ढंगबाट अगाडि बढाउने छु ।

ताज जित्नु अघि र ताज जितिसकेपछि आफूमा के फरक पाउनु भयो ?

ताज जित्नु अघिसम्म म आमा बाबुको छोरी सुजाता खतिवडा थिए । ताज जितेपछि म सिंगो लेटाङ कै छोरी महसुस गर्दैछु । अत्यन्तै गर्वको अनुभुति भइरहको छ ।

विजेताको रुपमा तपाईको नाम उच्चारण हुँदा सर्वप्रथम कसलाई सम्झनु भयो ? त्यो पललाई एक पटक सम्झनुहोस् न ।

मेरो नाम उच्चारण भएपश्चात हर्षले विभोर भए । मेरो परिवार र विशेष गरी मेरो हजुरबुवा नन्दप्रसाद खतिवडालाई सम्झे । उहाँहरुले मलाई प्रतियोगितामा भाग लिन मात्र जान दिनु भएन, सधै प्रेरणा र हौसला पनि दिइ नै रहनु भयो । तसर्थ उहाँहरुकै कारण मैले यो उपाधि जित्न सके । आगामी दिनमा अझ मेहेनत गरी काम गर्नेछु ताकी मेरो परिवारले सधै म माथी गर्व गर्न सकोस् ।

सौन्दर्य प्रतियोगितालाई नकारात्मक दृष्ट्रिकोणले पनि हेरीन्छ नि, तपाई यसलाई कसरी लिनुहुन्छ ?

हामी गाँउ मै जन्मेहुर्केका हौ । हाम्रो समाजमा यस्ता प्रतियोगितालाई खासै सकारात्मक रुपमा हेरिदैन । यद्यपी सुचना प्रविधिको बदलिदो युगमा यस्ता प्रतियोगिताबारे आम मानिसको धारणा परिवर्तन हुँदै जानेछ भन्नेमा म विश्वस्त छु । बाहिरी सौन्दर्यलाई मात्र नहेरी यस्ता प्रतियोगिताले व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्न धेरै नै मदत पुगेको छ । त्यसैले सकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्छ ।

तपाईको भावी योजनाहरु के के छन् ?

अहिले त म आफ्नो अध्ययनलाई नै अगाडि बढाईरहेको छु । सर्वप्रथम त मेरो अध्ययनलाई पुरा गर्नेछु । साथै लेटाङ प्रिन्सेसको जिम्मेवारी अत्यन्तै अनुशासित भई पुरा गर्नेछु ।  गायन क्षेत्रमा पनि उत्तिकै रुचि छ, यसलाई पनि अगाडि बढाउने छु ।

प्रस्तुति – भूमिका पाख्रिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्