विराटनगरमा सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट

विराटनगरमा सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट

बिराटनगर साउन ४  । विराटनगर महानगरपालिका वडा नं. ५ मा ग्याँस सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेको छ ।

शुक्रबार विहान करिब साढे ९ बजे सुनिता शर्माको घरमा रिजालको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ग्याँस चुल्होमा खाना पाक्न छोडेर बाहिर गएकाले कुनै मानवीय क्षति हुन नपाएको बताइएको छ ।

विराटनगर महानगरपालिकाको दुई वटा दमकल र स्थानीयहरुको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने अझै आईसकेको छैन ।

ग्याँस सिलिण्डर पड्केर कुनै क्षति भए बिमा कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था छ । तर यसका लागि सिलिण्डर खरिदको बील र विमाको बील पनि अनिवार्य उपभोक्ताले पेश गर्नुपर्ने रिजालको ग्याँस उद्योगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्