विराटनगरमा राष्ट्रसेवकको कवि गोष्टी, चेतनाको १० श्रष्टाका कविता

विराटनगरमा राष्ट्रसेवकको कवि गोष्टी, चेतनाको १० श्रष्टाका कविता

विराटनगर, ५ साउन । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले विराटनगरमा कविगोष्ठी सम्पन्न गरेको छ । साहित्य, कला र संस्कृतिको विकास गर्ने उद्देश्यले सहकारीले हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक कार्यक्रम आयोजना गरेको हो । चौथो शृंखलाका रुपमा आयोजित कार्यक्रममा ओम आचार्य, भरत गुरागाईं, मीनकुमार नवोदित, शोभा लामा बल, दीपक शम्चु, रोमा निरौला, सरिता तुलाधर, शिवनारायण पण्डित सिंगल, शुभलक्ष्मी लम्साल, कृष्ण कोइराला चारघरे, लक्ष्मी पोखरेलले आ–आफ्ना कविता प्रस्तुत गरे ।
त्यसैगरी गोष्ठीमा कृष्ण कोइराला चारघरे, जीविका अश्रु, ऋतु आसिक, हरि बराल, भवानी पोखरेल, प्रिन्स प्रमोद ढकाल, बन्दना पोखरेल, मीना श्रेष्ठ, प्रमोदकुमार मण्डल, विमला अर्याल, प्रकाशप्रेमी, सञ्जय कर्ण, लक्ष्मी चौधरी, उमानाथ घिमिरे, गीता भुर्तेललगायत दुई दर्जनभन्दा बढी कविहरूले समसामयिक विषयमा लेखेका कविता प्रस्तुत गरेका थिए ।
साहित्यकार मधु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार बलराम पोखरेल, दिनेश श्रेष्ठ, सरला चापागार्इंलगायतले नियमित साहित्यिक गोष्ठीले साहित्यप्रति नयाँ स्रष्टालाई अगाडि बढ्न सहयोग पुग्ने विचार व्यक्त गरे । उनीहरूले साहित्य गोष्ठीलाई निरन्तरता दिनसमेत सहकारीलाई आग्रह गरे ।

चेतनामा १० जना कवि
चेतना संरक्षण साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा १० जना कविका कविता सुनाएका छन् । विगत दुई वर्षदेखि प्रतिष्ठानले मासिक रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको हो । े कार्यक्रममा कवि भरत गुरागाईं, शुभलक्ष्मी लम्साल, हरि बराल, मनोज मुस्किल, ओम आचार्य, हरि कट्टेल, शिवनाराण पण्डित, रमेशचन्द्र अधिकारी, वेदराज पौडेल र जीवन काफ्लेले कविता वाचन गरेका थिए ।
मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा १० जनाले नै आफ्नो २–२ वटा कविता प्रस्तुत गरे । प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली लगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्