आशा भित्र–निराशाको कालो बादल

आशा भित्र–निराशाको कालो बादल

मसुम अर्याल ।
कसैले सोचेको छ, नेपालमा ब्यापार गरी खान कति मुस्किल छ हिजोआज ? दिनभरी बकुलोको माछा रूगाई छ ब्यापारमा । विराटनगरका अधिकांश पसल बिक्रीमा छन, केही त देशै छोडेर भागिसके । ब्यापार चलाउनै नसक्ने अबस्था एकातिर छ भने अर्कोतिर बैंकले ब्याजदर बढाएको बढाई छ भने नगरपालिकाले पनि कर अत्याधिक बढाएको छ । र पनि हामी किन चुप छौ ? मेरो आफ्नो पार्टी सरकारमा छ, म बोल्दीन भन्ने कुरो हुंदैन यो अबस्था मा । सरकार जुनै आएपनि हाम्रो अधिकार हस्तक्षेप हुन हुदैन भन्ने मान्यता राख्नु जरूरी छ ।

म पनि ब्यापार नै गर्छु, सोचेँ बिदेश जानु भन्दा यहीँ आफ्नै परिवारसँग बसेर जीवन चलाउँ । दुःख सुखले ब्यापार राम्रै चल्दै पनि थियो । ब्यापार अली बढाउँ भनेर बैंकसँग ऋण पनि लिएँ । बैंकले पनि अरू बैंकभन्दा ब्याज दर सस्तै दिने लोभ देखायो । यो चक्करमा ग्लोवल बैकबाट एनएमबी बैंकमा पुगेँ । शुरुमा ब्याज ९ प्रतिशत थियो अहिले १४ प्रतिशत पुगेको छ ।
२०७२ सालको आन्दोलन र नाकावन्दीको चपेटमा ्विराटनगरपनि झण्डै ६ महिना अप्ठेरोमा पर्यो । ब्यापार ब्यवसाय ठप्प भए । त्यसलाई जसरी पनि सहेर बसियो । आन्दोलन पछिको अबस्थामा अब केही ब्यापार फस्टाउने आशा बोकेको थिएँ । सोचेँ, ‘अब त ब्यापार राम्रै होला । ’ देशमा चुनाव भयो, नेकपाको सरकार आयो । यसले अब देशले समृद्धीको ढोका खोल्छ कि ? भन्ने आशा मनभरी सँगालेर बस्नुको बिकल्प थिएन । हुनपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीको समयमा लिएको अडान र देखाएको समृद्धीको सपनाले उनलाई निर्वाचनमा सफल बनायो ।
उनले देशलाई पक्कै विकासको बाटो तिर लग्छन् अनी निकास दिन्छन् भन्ने बिस्वास थियो सायद त्यही भएर अहिले दुइ तिहाईको सरकार बनेको छ ।
देश उकालो होइन ओरालो लाग्दै गरेको देख्छु, यहाँ इमान्दारी पुर्वक गरिखान नसक्ने दिन पैदा भएको छ, जस्ले जालझेल गरेर कमाउन सक्यो त्यो मात्र बाँच्न सक्छ अब, कि त विदेशी रेमिटेन्सको भर छ,झुक्न सके कुनै नेताको हनुमान भए पुग्छ ।
कहिलेकाँही लाग्छ, मलाई झुठो, ठगी जालझेलको शिक्षा किन दिईएन ?

हिजोआज देशमा रेल र जहाज आउँने हल्ला छ तर हाम्रो घर अगाडी दुइ खुट्टाले हिडने गतिलो बाटो बनेको छैन । भोली सँँच्चिकै रेल र पानी जहाज चल्यो भने आउँदा भरेर आएपनि फर्किँदा खाली–खाली जान्छ त्यो पक्का हो । किनभने यहाँ उत्पादन निकै कम छ, उद्योगधन्दाको अबस्था निराशाजनक छ । करलाइ भर मानेको देशले विकास निर्माण भन्दा पनि नेता र मन्त्रीको सुबिधाका आधारमा जनतााई दुःख दिने लुट्ने अनी चुस्ने काम हुँदैछ ।
कुनै सहज खालको वातावरण छैन । जतागयो उत्तै भ्रष्टाचार, अनियमितता, कालाबजारी जनता चुस्ने दाउ बाहेक केही छैन । सरकारी कार्यालय जाउँ त्यहीँ समस्या छ । अड्डा अदालत गयो उस्तै नै हविगत छ, अनी हामी नागरिकले कसरी न्याय पाउनु, अनी सोचेको जस्तो ब्यापार ब्यवसाय गर्न पाउनु ?
कहिलेकाँही रबि लामिछाने दाइको कार्यक्रम हेर्दा, लाग्छ भ्रस्टाचारीको नाङ्गो नाच हेर्दा हामी कुन ठाउँमा छौ भन्ने । बिचरा एक्लै कहाँ जाउन रवि ।
आज म यी सब गतिबिधिबाट आजित भएरै हो आफ्नो मनोभाव ब्यक्त गर्दैछु । मैले कुनै ब्यक्ति विशेषलाई औंल्याएको होइन । हाम्रो समस्याको लागि हामीलाइ कुनै पार्टीको आड लिएर मात्र बोल्नु पर्छ जस्तो लाग्दैन, जसरी आज डा.केसीको निस्वार्थ मागमा केही पार्टीले आफ्नो स्वार्थ घोलिदिएका छन् ।
हामी जुन ठाउँमा छौ त्यही ठाऊँमा शिर ठाडो पारेर बाँच्ने दिन कहिले आउने ? अलिकती असहजताका बिच सहज वातावरण बनाएर गरिखाने वातावरण राज्यले बनाईदिए हामीलाई त्यो भन्दा बढी केही चाहिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्