विराटनगर लायन्स क्लब अफ ग्लोवलको नेतृत्व विकास तालिम

विराटनगर लायन्स क्लब अफ ग्लोवलको नेतृत्व विकास तालिम

बिराटनगर,५ साउन ।
विराटनगर लायन्स क्लब अफ ग्लोवल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कौमी एकता समाज र नेपाल मुस्लिम यूथ कमिटिको सहकार्यमा एसईई देखि ब्याचलर सम्मका विद्यार्थीलाई लक्षित गरी एकदिने नेतृत्व विकास सम्बन्धि तालिम आयोजना भएको हो ।
तालिममा १सय ३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । संघीय समाजवादी फोरम संसदिय दलका नेता जयराम यादवले तालिमले ब्यक्तिको ब्यक्तित्वले नै उसको पहिचान स्थापित गर्ने बताए । त्यसैले एउटा ब्यक्ति आफ्नो ब्यक्तित्व विकाससँगै नेतृत्व विकासमा पनि लाग्नुको बिकल्प नभएको बताए । लायन्स क्लब अफ ग्लोबलका प्रेसिडेन्ट सतार अन्सारीले लक्षित बिद्यार्थीहरुको नेतृत्व विकासका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
तालिमका प्रशिक्षक सोनुकुमार दासले तालिम सफल हुनुमा सहभागीहरु कै सक्रियता महत्वपुर्ण भएको बताए । दासले सहभागीहरुको भित्र रहेको प्रतिभालाई तालिमको माध्यामबाट बाहिर ल्याउने काम गरेको बताए । कार्यक्रममा कौमी एकता समाजका अध्यक्ष इरसाद आलम , नेपाल मुस्लीम यूथ कमिटिका सचिव इमाम हैदरले लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्