विराटनगरको मेरिल्याण्ड कलेजले ७६ विद्यार्थीलाई प्रथम दीक्षान्त गदै

विराटनगरको मेरिल्याण्ड कलेजले ७६ विद्यार्थीलाई प्रथम दीक्षान्त गदै

विराटनगर, ६ साउन । विराटनगर ६ मा रहेको मेरिल्याण्ड कलेजले अन्तराष्ट्रिय शैक्षिक कार्यक्रम अन्र्तगत बिबिएमका पहिलो सेमेस्टारका विद्यार्थीहरुलाई दिक्षित गर्ने भएको छ। कलेजले आज विहान विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी २०१४ मा भर्ना भएका ७६ जना विद्यार्थीहरुलाई दीक्षान्त समारोहको आयोजना गरि दिक्षीत गर्न लागिएको हो ।
पूर्वमै पहिलो पटक बेलायतको विश्व विद्यालय वेल्भर ह्याम्टनसँगको सहकार्य संचालनमा आएको विराटनगरको मेरिल्याण्ड कलेजले ७६ विद्यार्थीलाई दिक्षित गर्न लागेको हो । युनिभर्सिटी अफ वेल्भरह्यामटनका उपकुलपति प्रोफेसर ज्योफ लेयर, विद्यालयका प्रिन्सीपल लेक्चरर तथा ट्रान्सनेसनल एजुकेनल अपरेसन्स प्रमुख डा. गुरुमाक सिंह, ईनोभेट नेपाल गु्रप तथा मेरिल्याण्ड कलेज विराटनगरका अध्यक्ष सुभल बुढाथोकी लगायतको उपस्थितीमा विद्यार्थीहरुलाई दिक्षान्त गरिने कलेजकका प्रबन्ध निर्देशक भेषराज पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्