मोरङमा हुकिङ गरी बिद्युत चोरी गर्ने ७ पक्राउ परे

मोरङमा हुकिङ गरी बिद्युत चोरी गर्ने ७ पक्राउ परे

बिराटनगर  साउन ७ गते ।

मोरङको बिभिन्न स्थानबाट प्रहरीले आईतबार बेलुका हुकिङ गरी बिद्युत चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय बिद्युत प्राधिकरण बिराटनगरबाट खटिएको बिद्युत चुहावट नियन्त्रणमा संयुक्त टोलीले सुन्दर-हरैचा नगरपालिका ५ बस्ने नन्द कुमार मुसहर, बुढीगंगा गाउपालिका २ दिनेश साह, मनोज ऋषीदेब, ईसर ऋषिदेब, श्याम ऋषिदेब, राज कुमार बि. क. र बल बहादुर राजबंशीलाई बिद्युत हुक गरेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी आवश्यक अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्