खडेरीले सताउँदा उदयपुरमा धान रोपाई गर्न समस्या

खडेरीले सताउँदा उदयपुरमा धान रोपाई गर्न समस्या

उदयपुर । आषाढको अन्तिम सातादेखि पानी नपरी खडेरीले सताउँदा उदयपुरमा धान रोपाई हुन सकेको छैन ।

आकाशे वर्षामा निर्भर यहाँका किसान साउनको पहिलो सातासम्म पनि नपर्दा अब के गर्नु भन्ने चिन्तामा छन् ।

उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको छ ।

गतवर्ष श्रावणको पहिलो साता ८० प्रतिशत रोपाई भईसकेकोमा यसवर्ष ४६ प्रतिशत अर्थात ६ हजार १ सय ५५ हेक्टरमा मात्र रोपाई भएको कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले बताए ।

खाद्यान्न वालीमध्ये ८० प्रतिशत धानले ओगेटेको उदयपुरमा गतवर्ष ५५ हजार ३ सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो ।

धान खेतीका लागि सिंचाई गरिने सेतीखोला, लामाखोला, द्वार खोला, बरुवा, तावाककरु बैजनाथ खोलाका मूल सुक्दै गएका छन् ।

नदीमा पानी नभएर रोपाई हुन नसकेकोले ब्याडमै बिऊ सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्