युवालाई उद्यमशिलताको बारेमा जानकारी दिन लिवर्टी क्याक्प विराटनगरमा

<span class='c1'>युवालाई उद्यमशिलताको बारेमा जानकारी</span> <span class='c2'>दिन लिवर्टी क्याक्प विराटनगरमा</span>

विराटनगर, ७ साउन । युवालाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र उद्यमशिलताको बारेमा जानकारी गराउने बारेमा दुईदिने लिबर्टी क्याम्प विराटनगर सम्पन्न भएको छ । विकल्प एन अल्टरनेटिभ र ल्याङ्ग्वेज फर लिबर्टीको संयुक्त आयोजनामा बिराटनगरको होटल नमस्कारमा साउन ६ र ७ गते लिबर्टी क्याम्प गरिएको हो । कार्यक्रममा बिराटनगर, इटहरी, दमक, धरान उदयपुर जिल्लाका २३ जना युवाको सहभागिता रहेको थियो ।
दुई दिने लिवर्टी क्याम्पमा कुनै देश धनी र कुनै देश गरिब हुनुको कारण, स्वतन्त्र बजारका सिद्दान्तहरु, उद्यमशिलता र ब्यापार कि बैदेशिक सहयोग? स्वतन्त्रता र यसको प्रभाव, स्वतन्त्रता पश्चिमा विचारधारा हो? स्वतन्त्रताका प्रमुख बिचारकहरु, लगायतका बारेमा जानकारी दिईएको थियो ।
दुई दिने क्याम्पको भारतका सद्दाफ हुसैन, पोल्याण्डका जेसेक स्पेंडल, इटाली र अमेरिकाका ग्लेन कृप र अस्ट्रेलियाका एन्डी आइसनले सहजीकरण गरेको कार्यक्रमको संयोजन मदन कृष्ण प्रधानले जानकारी दिए । यस्तै आगामी साउन ९ देखि १४ गतेसम्म धुलिखेलमा नेपालका विभिन्न ठाउका युवाहरुलाई यसै बिषयमा अझ बिस्तृत रुपमा तालिम प्रदान गरिने बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्