विराटनगर, ८ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा सञ्चालित बिबिए. र विएससी सिएसआइटी कार्यक्रममाका लागि थप विद्यार्थी कोटा राख्न विद्यार्थीहरुले माग गरेका छन् । हाल विविएमा ६४ जनाको मात्र कोटा रहेको कारण अन्य थप ३२ जनाको विद्यार्थी कोटाको माग गरिएको हो । अनेरास्वियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले आज क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल कोटा बढाउन माग गरेका हुन ।
यसैशैक्षिक बर्षदेखि लागेको ३२ जनाको कोटा विरुद्ध क्याम्पसक कै विभिन्न माथिल्लो तहका समुह र ब्यक्तिको सक्रिय पहलमा रोक्न लागेको भन्दै कोटा वृद्धिको माग गरिएको क्याम्पसलाई ध्यानाकर्षण पत्र बुझाईएको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका नेता अभिमन्यू यादवले जानकारी दिए । क्याम्पसमा शैक्षिक व्यापार गरे विद्यार्थीहरु चुप लागेर नबस्ने अखिलका नेता नविन पहाडीले चेतावनी दिए । आफुहरुको मागलाई बाइपास गरिए जस्तो सुकै आन्दोनल गर्न तयार रहेको पहाडीले क्याम्पसलाई चेतवानी दिए ।