कांग्रेसको विराटनगरमा गर्ने विरोध कार्यक्रमको तयारी तिब्र

<span class='c1'>कांग्रेसको विराटनगरमा गर्ने विरोध</span> <span class='c2'>कार्यक्रमको तयारी तिब्र</span>

विराटनगर, ८ साउन।
प्रमुख प्रतिपक्षी काँग्रेसले सरकारको विरुद्धमा साउन १५ गते देशव्यापी रुपमा गर्ने तय भएको विरोध कार्यक्रम सशक्त बनाउन मोरङमा ३ सय ५० सदस्यीय समिति गठन भएको छ । मोरङ काँग्रेसको मंगलबार विराटनगरमा बसेको बैठकले प्रदेश राजधानी विराटनगरमा सशक्त विरोध र्याली तथा सभा गर्ने निर्णय गरेको हो । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा गठन भएको आन्दोलन परिचालन समितिमा प्रदेश सभामा सांसद, पार्टीको जिल्ला समितिका पदाधिकारी सदस्य ,क्षेत्रीय सभापतिहरु,भ्रातृसंस्थाका केन्द्रीय पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका जिल्ला प्रमुखहरु तथा तत्कालीन लोकतान्त्रिक फोरामका केन्द्रीय सदस्यहरु समेटिएका छन् । यसैगरी महानगर, नगर र गाउँपालिकाका प्रमुख÷उप्रमुख, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले विरोध कार्यक्रमलाई सशक्त बनाउन भूमिका खेल्ने सभापति डिगबहादुर लिम्बूले बताए ।
विराटनगरको वीरेन्द्र सभागृहमा भेला भई गोल्छामोडबाट निस्कने विरोध र्याली जनआन्दोलन चौकमा पुगेर विरोध सभा परिणत हुने पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले बताए । उनले भने,‘सभालाई सम्बोधन गर्ने केन्द्रीय वक्ताको विषयमा टुंगो लागेको छैन ।’ काँग्रेसले ७७ जिल्लामा एकसाथ सरकारको विरोधमा कार्यक्रम गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्