बिराटनगर साउन ९ , बिराटनगर-५ राम मन्दिर छेउमा आज बिहानै नगर प्रहरी पुग्यो , नगर प्रहरीले त्यहाँ एक निर्माणाधीन घरको निर्माण सामग्री उठाउन थाल्यो । उक्त घरले आफ्नो निर्माण सामग्री सडक र नाला जाम गर्ने गरी राखेको हुनाले निर्माणाधीन उक्त घरको गिट्टी उठाएर गाडीमा हालेको थियो ।
वर्षाको मौसममा नाला तथा सडकमा निर्माण सामग्री राख्दा पानीले निकास नपाउदा सडक तथा घर डुब्ने सम्भावना हुन्छ ।
बिराटनगर महानगरपालिकाले बारम्बार नगरबासीलाई सडक तथा नालामा कुनै पनि निर्माण सामग्री नराख्न अनुरोध गर्दा समेत नाटेरेपछी यस्तो कदम उठाउन थालेको छ ।